मधेश प्रदेशको स्थायी राजधानी वीरगञ्जलाई नबनाई जनकपुरलाई बनाएको भन्दै त्यसको विरोधमा मुख्यमन्त्री लालबाबु राउतको गृह जिल्लामा विरोध प्रदर्शन गरिएको छ।
वीरगञ्जका प्रदर्शनकारीले मधेश प्रदेशका मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुंगा प्रहार गरेर झ्यालका सीसा फुटाइदिएका छन्।
प्रदर्शनकारीको ढुंगा लागेर मुख्यमन्त्रीको घरका दुईवटा झ्यालका सीसा फुटेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
सँगै प्रहरीको टोली रहेकोले प्रदर्शनकारीबाट ठूलो क्षति हुन नपाएको उनले बताए। नेपाली कांग्रेस नगर कार्यसमितिको अगुवाइमा वीरगञ्जको पावरहाउसबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्रीको घरको बाटो अदालत रोड हुँदै नगर परिक्रमा पछि घण्टाघरमा पुगेर समापन भएको छ।