सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो ।
यस्तै खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय भएको छ ।कोभिड–१९ भाइरसविरुद्धको खोप लगाइदिनका लागि १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले बताए ।