भौतिक उपस्थितिमा पठन–पाठन गराउन नपाउने गरी ‘बन्द’ भएका देशभरका विद्यालयहरु खोप अभियानका लागि खोलिने भएको छ।
समूदायस्तरमै कोरोना विरुद्धको खोप लगाउने अभियान चलाउन सबै विद्यालयहरुलाई खोपकेन्द्रका रुपमा प्रयोग गर्न लागिएको हो।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा मंगलबार गृह मन्त्रालयमा बसेको सरोकारवालाहरुको बैठकले माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय खोलेर विद्यालयलाई कोरोना विरुद्धको खोप लगाउने केन्द्रका रुपमा प्रयोग गर्ने निर्णय गरेको हो।