सयौं युवाहरुको बलिदानी र वर्षौको संघर्षको जगमा स्थापित भएको संघीयताले माघ ३ गते आंशिक भएपनी उपलब्धिमुलक दिशामा अग्रसर भएको छ ।
पहिचानको आन्दोलनमा होमिएर अधिकारको लडाई लडेका मधेशी समुदायका प्रतिनिधिले प्रदेश २ लाई मधेश प्रदेश नामांकन गरेर शहिदहरुको सपनालाई साकार पार्ने पहिलो पाईला चालेका छन् ।
मधेशका बिर योद्धा स्वर्गिय रघुनाथ ठाकुरदेखी पछिल्लो समयमा पहिचानको आन्दोलनलाई बल पुर्याएका स्वर्गिय रमेश महतोसम्मको बलिदानीले अहिले वर्षाैदेखी पहिचानको खोजिमा रहेका मधेशीले आफ्नो पहिचान पाएका छन् ।
वि.स. २००९ सालमा नेपालमा प्रथम पटक मधेशी राज्यलाई मान्यता दिन तत्कालिन राज्यसत्ता समक्ष बिद्रोहको बिगुल फुकेर रघुनाथ ठाकुरले शुरुवात गरेको मधेशवादको मान्यता करिब ७० वर्षपछी सार्थक भएको छ ।
मधेश मुक्ति आन्दोलन मार्फत मधेशको जल, जंगल, जमिनमा मधेशीको अधिकारका लागि क्रान्तीमा होमिएका ठाकुर लगायतका नेताहरुलाई शाही सत्ताले निर्ममतापुर्वक ‘मौतको घाट’ उतारेको ईतिहाश जिवितै छ ।
ठाकुरसंगै वेदानन्द झा, दुर्गानन्द झा, रामजी मिश्रा, रघुनाथ राय यादव, सत्यदेवमणि त्रिपाठी लगायतका महान मधेशी शहिदहरुले पहिचान र सम्मानको आन्दोलनलाई शुरुवात गरेका थिए ।
बाबा रामजनम तिवारी, गजेन्द्र नारायण सिंहले लगायतका नेताले पछिबाट राजनितिक रुपमै मधेशको मुद्दा देशव्यापी रुपमा प्रवाहीत गरेपछी तत्कानिल राज्यसत्ताले मधेश र मधेशी समुदायलाई हेर्ने दृष्टीकोणमा परिवर्तन गरेका थिए ।
आज माघ ५ गते, मधेशका जनताले आजका दिनलाई बलिदानी दिवसको रुपमा मनाईरहेका छन् । नयाँ–जोश र उत्साहका साँथ वि.स. २०६३ सालमा शुरु भएको मधेश आन्दोलनको आज १५ वर्ष पुरा भएको छ ।
२०६३ सालमा अन्तरिम संविधान जारी भएलसंगै त्यसमा व्यापक असंतुष्टी जाहेर गर्दै काठमाडौंको माइतीघरमा मधेशका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाए ।
संविधानको प्रतिलिपि जलाएको आरोपमा दर्जनौ नेता गिरफ्तार भए । त्यहीँबाट शुरु भएको नयाँ दौरको मधेश क्रान्ती एक सार्थक परिणामका लागि अगाडी बढ्यो ।
काठमाडौंमा आफ्ना मधेशी नेता गिराफ्तार भएपछी मधेशभरी आगो बल्यो, विरोधमा मधेशका जिल्लाहरूमा आन्दोलन सुरू भयो, राजमार्गमा टायर बालेर सुरू भएको चक्काजाम आन्दोलन माघ ५ गते लहानबाट जनविद्रोहको रूपमा मधेशभर फैलियो ।
आफ्ना नेताको रिहाईको माग गरी आन्दोलन गरिरहेका मधेशी युवाहरुमाथी २०६३ माघ ५ गते सिरहाको लहानमा तत्कालीन नेकपा माओवादी कार्यकर्ताले आक्रमण गरे । उनिहरुले चलाएको गोलीबाट रमेश महतोको निधनको भयो र त्यहींबाट मधेश आन्दोलन ठुलो रापका साँथ अगाडी बढ्यो ।
यसरी मधेशी पहिचान र आत्मसम्मानका लागी शुरु भएको बिद्रोहलाई दबाउन राज्यसत्ताले पटक–पटक दमनको बाटो अंगिकार गरेर सयौं युवाहरुलाई शहिद बनाएको छ । हजारौंको संख्यामा अंगभंग भएका भएका छन र त्यसै त्याग तथा बलिदानको बदौलत आज ८ जिल्लालाई मधेश प्रदेशको रुपमा पहिचान गरिएको छ ।
हुनत नेपालको तल्लो भागका २२ जिल्लालाई मधेशको पहिचान दिन आन्दोलनहरु भएका थिए । तर मधेशकै प्रतिनिधि जो मधेश बिरोधी राज्यसत्ताको अधिनमा रहेका थिए र छन, उनिहरुको शाजिसपुर्ण प्रस्थानले ८ जिल्लालाई मात्रै मधेशको रुपमा नामांकृत गरिएको छ ।
मधेशको पहिचान र अधिकारको नाममा भएको आन्दोलनमा केही तितो अनुभुतीहरु समेत देखिए जो मधेशी समुदायकै हित विपरीत परिचालित भएको प्रमाणित भयो ।
जनताको भावनालाई सत्ताको कुर्सिसंग बेच्ने नेताहरु विगतका १५ वर्षका अवधीमा पर्याप्त मात्रामा देखिए ।
यथापी रघुनाथ ठाकुरदेखी रमेश महतोसम्मले देखेको मधेश प्रदेशको सपना आशिंक रुपमा पुरा भएको छ । प्राप्त उपलब्धिलाई आत्मसात गर्दै त्यसको विस्तारिकरणका लागि अग्रसर हुनु अबको मुल लक्ष्य बनाउनु आवश्यक छ ।