भौतिक योजना तथा निर्माण मन्त्री रेणु यादव अहिले रौतहट पुगेकि छिन । पार्टीको कार्यक्रममा रौतहट पुगेकी मन्त्री यादवलाई सदरमुकाम गौरमा कार्यक्रम गर्न नदिन जनमत पार्टीका नेता कार्यकर्ता तैनाथ भएका छन् ।
किसान आन्दोलन गरिरहेका जनमत पार्टीले मधेशमा संघीय मन्त्रीहरुको कार्यक्रम बिथोल्ने धम्की यसअघीनै दिईआएको छ ।
गृहजिल्ला सप्तरीबाट आएकी मन्त्री यादवको रौतहटमा बलिदानी दिवसको कार्यक्रममा सहभागि हुने योजना रहेको बताईएको छ ।
रौतहटका पत्रकार अभिमन्यु पटेलका अनुसार गरुडा नगरपालिकासम्म पुगिसकेकी मन्त्री यादवको बिरोध गर्न र कालो झण्डा देखाउन सयौंको संख्यामा जनमतका कार्यकर्ता जम्मा भएका छन् ।
उनिहरुले हातमा कालो कपडा लिएर मन्त्री यादवको बिरोध गर्ने बताईरहेका छन् ।
यसैबिच जिल्ला प्रहरी कार्यालय रौतहटले गौरबाट जनमत पार्टीका केन्द्रिय सदस्य असोश सिंह सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
मन्त्री यादवको बिरोधमा प्रदर्शन गरिरहेको भन्दै सिंह सहित जोखन साह र विवेक झालाई प्रहरीले नियन्त्रणमा लिएको पत्रकार पटेलले जनाए ।