सत्ताको उन्मादमा रमाएकी संघीय सरकारकी भौतिक पुर्वाधार मन्त्री रेणु यादवले किसानको मुद्दा उठाएर आन्दोलन गरिरहेका जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको ज्यान मार्ने धम्की दिएकी छिन् ।
मन्त्री यादवले डा.राउतको हत्या गर्ने धम्की दिनुका साँथै सामुदायीक हिंसा भड्काउने उग्र अभिव्यक्ति समेत दिएकी छिन् ।
बलिदान दिवसका अवसरमा बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले एक पटक पुनः गौर नरसंहार मच्चाएर डा.राउत र उनका कार्यकर्ताको हत्या गरिदिने धम्की दिएकी हुन् ।
किसानको मुद्दा उठाएर आन्दोलन गरिरहेको जनमत पार्टीका कार्यकर्ताले संघीय मन्त्री सहभागि कार्यक्रमको बिरोध गर्ने पुर्वनिर्धारित कार्यक्रम अनुसार यादव सहभागि कार्यक्रममा अगाडी बिरोध गरेपछी आक्रोसित भएकी उनले आफ्नो ‘जबानको लगाम’ तोड्दै हत्या गर्नेसम्मको धम्की दिएकी हुन् ।
संघीय सरकारको एक बहालवाला मन्त्रीले खुल्लमखुल्ला हत्या गर्ने र नरसंहार मच्चाउने धम्की दिनु सामान्य घटना नभई उनको योजना अनुसारको अभिव्यक्ति भएको बुझिएको छ ।
मधेश आन्दोलन गरेर पटक–पटक सत्ताको कुर्सिमा पुगेकी यादव र उनको पार्टी जसपाको जनाधार खस्किन थालेपछी मनभित्रको वितृष्णा उनले सार्वजनिक मञ्चबाटै जाहेर गरेकी हुन् ।
मन्त्री यादव पदाधिकारी रहेको तत्कालीन मधेशी जनअधिकार फोरमले २०६३ सालमा रौतहटको गौरमा घरेलु हतियार प्रहार गरेर २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या गरेका थिए ।
जनमत पार्टीका अध्यक्ष डा.राउतले गौर नरसंहारमा संलग्न रहेका तत्कानिल फोरम र हाल जसपाका अध्यक्ष उपेन्द्र यादवलाई कार्यवाही गर्न पटक–पटक माग गरिआएका छन् ।
के भनिन मन्त्री यादवले ?
राइस मिल अहिले पनि जिवित छ । गौरमा फणा देखाउने प्रयास नगर । यहाँ लाठी भाँच्न मानिसले जानेका छन् । तुफानसँग टकराउने प्रयास नगरे हुन्छ । यो गौर ऐतिहासिक जिल्ला हो । बलिदानी दिवसमा हिंसा गर्नु छैन, आज हामी बलिदानी दिवस मनाउन आएका छौं, भोलि म यहाँको सडकको अवस्था अवलोकन गर्नेछु । तुफानसँग टकराउने प्रयास गर्याे भने त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएका थियो । त्यो इतिहास डाक्टर साब (सिके राउत) ले नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन । तपाईलाई पनि घेराबन्दी गरेर मारिन्छ । हत्या हुन्छ, सतर्क रहनुस । डाक्टरसाबलाई म चेतावनी दिन्छु, यदि कलेजोमा दम छ, गाई भैंसीको दूध खाएका छन भने सिंहदरबारमा गएर घेराउन गर । तर, जसको नसमा गाईभैँसीको दूधको रगत बगेको छ यसलाई फासफुस कहिल्यै बुझ्नु हुँदैन, लड्ने प्रयास नगर्दा बेस हुन्छ ।