घटना २०६३ साल चैत ७ गते को हो । रौतहटको गौर स्थित राइस मिलको चौरमा एउटै ठाउँमा दुई मधेशी संगठनले कार्यक्रम गर्ने भनेर २०० मिटरको दुरीमा मञ्च बनाएका थिए ।
तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीको भातृ संगठन मधेशी मुक्ति मोर्चाले आ–आफ्नो मंच बनाएका थिए ।
एकै ठाउँमा कार्यक्रम गर्ने भएकोबेला दुबै पक्ष बीचमा अचानक भएको झडप र त्यसपछीको हत्याहिंशालाई गौर नरसंहार भनिन्छ ।
गौर नरसंहारमा माओवादी निकट वाईसिएलका २७ जना कार्यकर्ताहरुको निर्ममतापुर्वक हत्या फोरमका कार्यकर्ताहरुले गरेका थिए ।
सो घटनामा फोरमका कार्यकर्ताहरुले महिलाहरुलाई नाङ्गै पारेर बलात्कार गरेको, बलात्कारपछी उनिहरुको यौनअंगमा बासको फाटा घोचेर यातना दिइएको, स्तन काटेको र अन्तिममा जिउँमा मट्टीतेल छरेर आगो लगाएर हत्या गरेका थिए ।
ईतिहाशकै घृणित गौर नरसंहारकोे मुख्य दोषी उपेन्द्र यादव नै हुन, किनभने त्यतिखेर फोरमको अध्यक्ष उपेन्द्र यादव थिए, उनले नै घटनाको नेतृत्व गरेका थिए ।
यस्तो अमानविय घटनाको हालसम्म सरकारले विस्तृत अनुसंधान गरेको छैन्, बरु मुख्य दोषीलाई अहिलेसम्म संरक्षण दिएको छ ।
मधेशमा हत्या, हिंसा बलात्कारको राजनीती गौर घटनापछी शुरूवात भएको हो, त्यहीँबाट जातिय तथा क्षेत्रिय राजनितिको बिजारोपण समेत भएको हो ।
जुन पार्टी र ब्यक्तिको उदय नै हत्या, हिंसा र बलात्कारबाट भएको हुन्छ त्यसबाट शान्ति, अमनचैन, बिकास र समाजिक न्यायको आशा गर्नु निराधार छ ।
त्यसैले मधेश र मधेशीको मुक्तिको लागि यस्ता पात्रको विरोधमा मधेशका सम्पुर्ण थारु, दलित, मुस्लिम, वैश्य, डिक्का र भुराबाल सब एक भएर लड्नुपर्ने हुन्छ ।
हिजो फेरी गौरमा बलिदानी दिवसको अवसरमा बिहारबाट आएर नेपालमा मन्त्री बनेकी एक सन्किले त्यो घृणित घटना दोह्याउने गिधढ धम्की दिएकी छिन् ।
गौर नरसंहारमा महिलाहरुलाई गरिएको बलात्कार, स्तन काटेको, संवेदनशिल अंगहरुमा बासको फाटा घोचेको र मट्टीतेल छरेर आगो लगाएको कुकृत्य सही थियो र आफुसंग त्यस्तै घटना पुनः घटाउन सक्ने तागत रहेको अभिव्यक्ति बहालवाला मन्त्रीले दिनु यो कुन बिधिको सासन भित्र उटाउँछ ? नेपाल सरकारले यही चाहेको हो त ? जवाफ चाहियो प्रधानमन्त्रीज्यू ।
गणेश कुमार मण्डल, संयोजक- मधेशी नागरिक समाज