प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्ड पालना नभएमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)का परीक्षा स्थगित गर्न निर्देशन दिएका छन् ।
मुख्यसचिव शंकरदाश वैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्ड पालना नभएमा त्रिविका परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन् ।
देउवाले जारी परीक्षाहरुमा सामाजिक दूरी कायम भए–नभएको, कोठामा स्यानिटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न र स्वास्थ्य मापदण्ड पालना नभएमा परीक्षा स्थगित गराउन निर्देशन गरेको बालुवाटार स्रोतले जनाएको छ ।