राष्ट्रियसभाको रिक्त स्थानमा माघ १२ गते हुन गईरहेको निर्वाचनअघी नेकपा एमाले र लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) बिच गठबन्धन बनाएर जाने सहमती भएको छ ।
आज जनकपुरमा भएको सहमतीमा मधेश प्रदेशको २ सिटमा हुने निर्वाचनमा दुबै पार्टीले एक–एक सिट लिनेगरी सम्झौता भएको हो ।
एमाले मधेश प्रदेश अध्यक्ष रामऔतार यादव र लोसपा मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले औपचारीक रुपमा गठबन्धन बनाएर चुनाव लड्ने घोषणा गरेका हुन् ।
यसअघी दुबै पार्टीले मधेश प्रदेशको अन्य र महिला तर्फको दुईसिटको लागि हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराईसकेका छन् ।
दुई पार्टीबिच भएको सहमती अनुसार अन्यतर्फका एमाले उम्मेदवार उसमान अंसारीलाई लोसपाले सपोर्ट गर्ने छ भने महिला तर्फकी लोसपा उम्मेदवार रुपा कुमारी यादवलाई एमालेले सपोर्ट गर्ने छ ।
