नेकपा माओवादी केन्द्रका युवा नेता रञ्जित तामाङले पेट्रोलियम पदार्थको मुल्यबृद्धि गर्ने निर्णय अक्षम्य रहेको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै तामाङले पेट्रोलियम पदार्थको मुल्यबृद्धि गर्ने निर्णय अक्षम्य रहेको बताएका हुन् ।
उनले पेट्रोलिम पदार्थको मुल्यबृद्धि फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।
उनले भनेका छन्, ‘कोभिडको महामारीले जनता आक्रान्त छन् । महंगी आकासिदो छ । यहिबेला पेट्रोलियम पदार्थको मुल्यबृद्धि गर्ने निर्णय अक्षम्य छ । सरकार ! पेट्रोलिम पदार्थको मुल्यबृद्धि फिर्ता गर ।’
सरकारले बुधबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो ।