स्थानीय तहको भन्दा पहिला संघीय संसद्को निर्वाचन गर्ने विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले असन्तुष्टि व्यक्त गरेका छन् ।
सत्ता गठबन्धनले स्थानीय तहको भन्दा पहिला संघीय संसद्को निर्वाचन गर्ने विषयमा छलफल चलाएपछि महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका हुन् ।
थापाले संविधानले स्थानीय तहको रिक्तता कल्पना नगरेको र निर्वाचनको विषयमा निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक हुने बताएका छन् ।
थापाले असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको सरकार हरेक निर्णय गर्दा संविधानको कसीमा सही हुनुपर्ने बताए । यो विषयमा काँग्रेस प्रष्ट हुनुपर्नेमा उनले जोड दिएका छन् ।
उनले भनेका छन्, ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन । अतःनिर्वाचनबारे कुनैपनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ । कांग्रेस प्रष्ट छ–असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ ।’