साताको अन्तिम कारोबारको दिन बिहीबार नेपाल स्टक एक्सेन्च (नेप्से) दोहोरो अंकले वृद्धि भएको छ ।
आज ३३ अंकको वृद्धिपछि नेप्से २९३१ अंकमा पुगेको छ । आज नेप्से बढे पनि कारोबार रकम घटेको छ । दिनभर जम्मा ५ अर्ब ७७ करोडको कारोबार भयो । यसअघि हिजो ६ अर्ब २ करोडको भएको थियो ।
१६० कम्पनीको मूल्य बढ्दा २५ कम्पनीको घट्यो भने ५ को स्थिर रह्यो ।
आज मैलुङ खोला जलविद्युत र तेह्रथुम पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतर बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य पनि ९.९७ प्रतिशतले बढेको छ ।
आईसीएफसी फाइनान्स लिमिटेडका डिभेन्चर लगानीकर्ताहरूले अधिकतम ४.३९ प्रतिशतले गुमाए ।