सुदूरपश्चिम प्रदेशमा बिहीबार ५ सय ३४जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार २ हजार २८६ जनाको कोरोना परीक्षण गर्दा ५सय ३४ जनामा संक्रमण पुष्टि भएको हो। २ सय ३९जनाको पीसीआरमार्फत र २ सय ९५ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।आज संक्रमण पुष्टि भएकामध्ये १ सय ५५जना आजै भारतबाट आएका नागरिक हुन्।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७४, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ७६ ,जुलाघाटबाट फर्केका ४,पुलघाट नाका दार्चुलाबाट फर्केका १जनामा संक्रमण पुष्टि भएको हो।