कोभिड–१९ को ग्राफ फेरि बढ्न थालेपछि काठमाडौँ उपत्यकामा थप कडाइ गरेको छ । कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले उपत्यकामा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
बैठकपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्माट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर लागू गरिएको जानकारी दिए ।