जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली नेपाली नोटको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
खैरहनी नगरपालिका–३ घर भई हाल भरतपुर महानगरपालिका–३ बेलचोकमा डेरा गरी बस्ने २५ वर्षीय पबिता घतानी र राप्ती नगरपालिका–७ बस्ने २७ वर्षीय गगन लाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसुर ९खोटा मुद्रा० मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएको छ ।
उनीहरु माथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।