उपत्यकामा सवारी साधनमा आज रातिदेखि जोरबिजोर प्रणाली लागु हुने भएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।
काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलका अनुसार जोर गते अन्तिममा जोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ भने बिजोर गते अन्तिममा बिजोर नम्बर भएको सवारी साधन चलाउन पाइने छ ।
उपत्यका कोरोनाको हटस्पट बनेपछि प्रशानसले कडाइ गरेको हो ।औषधि, स्वास्थ्य सामाग्री बोकेका सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, सववाहन, ग्यास पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, पशुपंक्षिका दाना, अन्डा फलफूल, खाद्यान्न, तरकारी, माछामासु बोकेका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागु हुने छैन ।