पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ। इच्छाकामना गाउँपालिका–६ कालीखोलामा बिहान २ः३० बजे सुक्खा पहिरो खसेसँगै सडक अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ।
पहिराका कारण दुईतर्फी सडक अवरुद्ध भएकाले लामोदुरीका सवारी साधनको लाम लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार पहिरो पन्छाउन करिब तीन घण्टा लाग्नेछ। सडक डिभिजनको टोलीले पहिरो पन्छाउने तयारी गरेको प्रहरीको भनाइ छ।