प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीको निजी सचिवालयले शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने जानकारी दिएको छ ।
कोरोना महामारी, पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिको विषयमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्नेछन् ।
उक्त सम्बोधन विभिन्न सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण गरिनेछ ।
प्रधानमन्त्री बनेपछि देउवाले छ महिनाको अवधिमा पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए ।
प्रधानमन्त्री देउवाले सम्बोधनपछि आजै अपराह्न ४ बजे बालुवटारमा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै छ ।