पूर्वाञ्चल विश्वविद्यालयले सबै परीक्षाहरू स्थगित गरेको छ ।
परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले शुक्रबार सूचना जारी गर्दै कोरोना संक्रमणले गर्दा पूर्वनिर्धारित सबै परीक्षाहरू हालका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।
सूचनामा सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष÷सेमेष्टर) मा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परीक्षा माघ मसान्तसम्म स्थगित गरिएको उल्लेख छ ।
बिहीबार त्रिवि र लोक सेवा आयोगले पनि सबै परीक्षा स्थगित गरेको थियो ।