बुधवार मधेश प्रदेशको रौतहटमा भौतिक पुर्वाधार मन्त्री रेणु यादवले २०६३ सालको गौर नरसंहारको स्किारोक्तिपछी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको सातो उडेको छ ।
मधेश आन्दोलन शुरु भईरहदा २०६३ चौत्रमा तत्कालिन मधशी जनअधिकार फोरमको अध्यक्ष रहेका उपेन्द्र यादवको उक्त घटनामा प्रत्यक्ष संलग्नता रहेको अनुसंधानहरुमा उल्लेख गरिएको छ ।
नेकपा माओवादी निकट वाईसिएलका २७ जनाको विभत्स हत्या भएको उक्त घटनामा उपेन्द्रको नाम प्रत्यक्ष रुपमा जोडिएको थियो ।
१५ वर्ष अगाडीको घटनालाई ‘मरेको मुर्दा उखेले झै’ मन्त्री रेणु यादवले पुनर्जागृत गरेपछी त्यसको अनुसंधान डाईरेक्ट रुपमा आफुमाथी आउने भएकाले उपेन्द्रको सातो उडेको हो ।
बुधवारसम्म प्रत्येक दिन पार्टीका कार्यक्रमहरुमा देखिने गरेका उपेन्द्र विहिवारदेखी गायब झै भएका छन् ।
गौरको कार्यक्रममा मन्त्री रेणुले दिएको अभिव्यक्तिको देशैभरी आलोचनम भएपछी उपेन्द्र गायब भएको नागरिक अगुवाहरुको आरोप छ ।
मन्त्री रेणुले गौरमा घटाईएको घटना आफुहरुको आन्दोलनको उदहारण भएको भन्दै जनमत पार्टीका अध्यक्ष डा.सिके राउतलाई त्यस्तै घटना गराएर ज्यान मारिदिनेसम्मको धम्की दिएकि थिईन् ।
संघीय सरकारको महत्वपुर्ण मन्त्रालय सम्हालेकी मन्त्री रेणुको अभिव्यक्ति संबिधानबिरोधी र हत्याहिंशा फैलाउन उत्प्रेरीत रहेको बिभिन्न राजनितिक दलका नेता तथा नागरिक अगुवाहरुले बताईरहेका छन् ।
यता देशमा हुने साना मसिना कुराहरुमा समेत प्रतिक्रिया जनाउने जसपा संघीय परिषदका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई समेत नरसंहारको मुद्दामा साईलेन्ट भएका छन् ।
मन्त्री रेणुको बर्खास्तगी र गौर नरसंहारका दोशिहरुलाई कानुनी कटघरामा ल्याउने चौतर्फि दवाव बदिरहेको बेला तत्कालिन माओवादीका नेता रहेका डा.भट्टराईको चुप्पिले अनेकौ प्रश्नहरु खडारेका छन् ।
स्मरण रहोस २०६३ चैत्र ७ गते फोरमका कार्यकताहरुले गौरको राईसमिल र आसपासको क्षेत्रमा २७ जना माओवादी कार्यकर्ताहरुको विभत्स हत्या गरेका थिए ।
फोरमका कार्यकर्ताले माओवादीका महिला कार्यकर्ताहरुको बलात्कार गरी, उनिहरुको यौनांगमा बासंको टुक्रा छेटेर आगोलगाई हत्या गरेका थिए ।