यही माघ १५ गते हुने भनिएको नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन कोरोना माहामारिका कारण अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
यसअघी पुष २७ गते गर्ने भनिएको ति जिल्लाहरुको अधिवेशन राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै माघ १५ गते सारिएको थियो ।
कोरोनाको माहामारी दिनप्रतिदिन बढेदै गएपछी जिल्ला अधिवेशन स्थगित गरिएको काँग्रेस निर्वाचन समितिले जनाएको हो ।
निर्वाचन समितिका अनुसार १६ जिल्लाको अधिवेशन कोरोनाका कारण हाललाई स्थगित गरिएको र अवस्था सामान्य बनेपछि नयाँ मिति तोकिने छ ।
काँग्रेसको १४ औं महाधिवेशनअघि नै गर्नुपर्ने १६ जिल्लाको अधिवेशन अझै हुन सकेको छैन । मधेश प्रदेशको आठवटै जिल्ला लगायत सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम लगायत १६ जिल्लाको अधिवेशन हुन बाकी छ ।