किसान आन्दोलन गरिरहेको जनमत पार्टीको नेतृत्वमा रहेका किसानहरुले डिएपि र युरिया (मलखाद्द) माग्दै खाली बोरा प्रदर्शन गरेका छन् ।
जनमत पार्टीको पुर्वनिर्धारीत कार्यक्रम अनुसार किसानहरुले तराई–मधेशका जिल्लाहरुको स्थानिय निकाय अगाडी खाली बोरा प्रदर्शन गर्दै मलखाद्दको माग गरेका हुन् ।
पैसा ले मलखाद्द दे भन्दै उनिहरुले डिएपी र युरियाका खाली बोरा देखाउँदै स्थानिय, प्रदेश तथा केन्द्रिय सरकारसंग मलखाद्दको माग गरेका हुन् ।
किशानी गर्नेबेला सरकारले मलखाद्द तथा बिउबिजनको व्यवस्था नगरिदिंदा समस्या भएको भन्दै तराई–मधेशका किसानहरुले बिगत एक महिलादेखी किसान आन्दोलन गर्दै आएका छन् ।