जिल्ला अस्पताल बाजुरामा अक्सिजन प्लान्ट स्थापना भएको छ । बिहिबारदेखि अस्पतालमा प्लान्ट स्थापना सँगै सञ्चालनमा आएको अस्पताल बाजुराका प्रमुख डा। प्रकाशराज जैशीले बताए ।
असारमै प्लान्ट स्थापना गर्ने योजना भए पनि बर्षातका कारणले सामान ढुवानी गर्न अलि ढिलाइ भएकाले केही समय स्थापना हुन समय लागेको अस्पतालले जनाएको छ ।
अक्सिजनका लागि धनगढी, नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ । कोभिडको तेस्रो लहर फैलिरहेको बेला जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएपछि उपचारमा ठुलो सहयोग भएको अस्पताल बाजुराले जनाएको छ।
अक्सिजन प्लान्ट स्थापनाका लागि सुदूरपश्चिम प्रदेश सरकार बाट ८० लाख र सङ्घीय सरकारको ७५ लाख गरी १ करोड ५५ लाख विनियोजन भएको थियो ।