नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यलाई कोभिड संक्रमण नभएको जनाएको छ ।
अध्यक्ष ओलीसँगै उनकी पत्नी शाक्यलाई कोभिड संक्रमण भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आएका थिए ।
त्यसको खण्डन गर्दै एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले शाक्यलाई कोभिड संक्रमण नभएको र अनुमानका आधारमा सूचना सम्प्रेषण नगर्न सबैमा अनुरोध गरेका छन् ।