कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको आधा घण्टाम एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलारी गाउँपालिकाकाको ‘के’ गाउँका ५३ वर्षीय लक्ष्मण डगौरा रहेका छन् । उनले आइतबार जिल्लाको कैलारी गाउँपालिका–४को आधारभूत स्वास्थ्य केन्द्रमा कोरोना विरुद्धको भेरोसेल खोप लगाएका थिए ।
वडा नम्बर ४ का अध्यक्ष भिखराम चौधरीले खोप लगाएर घरतर्फ हिडेर जाने क्रममा बाटोमै डगौराको मृत्यु भएको जानकारी दिए ।
उनको मृत्युको कारण खुलेको छैन ।