कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका १ शान्तिनगरका ७७ वर्षिय पुरुषको आज सोमबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
६ गते अस्पतालमा भर्ना भई आइसीयूमा उपचाररत उनको आज बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।