कैलालीमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नं ९ स्थित बल्मीका परशुराम रोक्का मगरले आइतवार श्रीमती भावना रोक्का मगरको हत्या गरेका हुन् ।
श्रीमतीको हत्या गरेर परशुराम फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घर झगडाकै बेला रोकामगरले आफ्नी श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।
श्रीमतीको हत्या गरी फरार रहेका रोकामगरको खोजी कार्य भइरहेको छ भने घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलले जानकारी दिए ।