हेटौँडा खण्डको गोन्द्राङमा बन्दै गरेको सडकको नालीमा परेर एउटा गैँडा मरेको छ।
छ लेनको बन्दै गरेको नारायणघाट-हेटौंडा सडक खण्डको गोन्द्राङमा नालीमा खसेको पोथी गैंडा आइतबार दिउँसो मरेको हो।
सडक बनाउँदा जंगली जनावरको आवतजावतलाई ध्यान नदिई संरचना बनाउँदा गैंडा नालीमा खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन् ।
जसमध्ये दुईवटा चोरी सिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् ।