आफ्नो वक्तव्यका कारण देशभरी आलोचित भईरहेकी भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले ‘नरसंहार र हत्याको धम्की’ बारे मुख खोलेकी छिन् ।
आज एक प्रेस वक्तव्य जारी गर्दै मन्त्री यादवले रौतहटको गौरमा माघ ५ गते आफुले दिएको वक्तव्य धम्कीपुर्ण नभएको भन्दै त्यसलाई सामान्य रुपमा लिन आग्रह गरेकी हुन् ।
‘मेरो वक्तव्यप्रती भ्रम फैलिनआएकोले त्यसबारे गहिरो दुख व्यक्त गर्दछुुं’, मन्त्री यादवले भनेकी छिन– ‘आफनो भनाई कसैप्रती हिंसा प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको अनुरोध गर्दछुं ।’
विज्ञप्तीमा उनले व्यक्तिगत रुपमा कसैलाई लक्षित नभएपनी भ्रम पर्न गएकोमा दुख व्यक्त गरेकी छिन् ।
मन्त्री यादवले आफ्नो भनाईलाई सञ्चारमाध्यमहरुमा अचिरञ्जित बनाईएको आरोप लगाउँदै त्यस्तो भ्रममा नपर्न आग्रह गरेकी छिन् ।
स्मरण रहोस माघ ५ गते बलिदानी दिवसको कार्यक्रममा उनले गौर नरसंहार पुनः दोह्याउने र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको हत्या गराईदिने सम्मको धम्की दिएकी थिईन् ।
उनको वक्तव्यको भिडियो सञ्चारमाध्यममा व्यापक रुपमा हेरिएको छ ।