केन्द्रदेखी प्रदेशसम्मको सत्तमाा साझेदार रहेका नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) बिच गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत राख्ने विषयमा चरम विवाद देखिएको छ ।
मधेश प्रदेशको बारा जिल्लाको बारागढी गाँउपालिकामा अध्यक्ष देवदत्त बछार थारु र उपाध्यक्ष लक्ष्मी देवी राय पक्षधरले आ–आफ्नै प्रमुख प्रशासकिय अधिकृत राख्न जन प्रदर्शन नै गरेका छन् ।
उपाध्यक्ष रायले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पुष २३ गते प्रमुख प्रशासकिय अधिकृतको रुपमा सरुवा भई आएका वकिल पाललाई कार्यालयमा हाजिरी गराएपछी विवाद चुलिएको हो ।
विगत ३ आर्थिक वर्षदेखी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका आमोद प्रसाद चौधरीको सरुवा गृह मन्त्रालयमा भएपछी उनको स्थानमा पाललाई बारागढी पठाईएको हो ।
गाउँपालिका कार्यालयमा हाजिरी गर्न आएका पाललाई अध्यक्ष देवदत्त बछारले हाजिरी गर्न नदिदां उपाध्यक्ष रायले हाजिरी गराई कामकाज गर्न अनुमती दिएकी थिईन् ।
तर अध्यक्ष बछारले आ.व.२०७८÷७९ सम्म चौधरीलाई नै कार्यकारी अधिकृतको रुपमा खटाउने भनेपछी दुवैबिच विवाद शुरु भएको हो ।
उपाध्यक्ष राय पक्षले आईतवार गाउँपालिकाको केन्द्र खोप्वामा जनप्रदर्शन गर्दै आफ्नो व्यक्तिगत लाभका लागि अध्यक्ष बछारले नयाँ अधिकृतलाई कामकाज गर्न रोक लगाएको आरोप लगाएका छन् ।
अध्यक्ष बछारले नयाँ अधिकृत पाललाई कार्यालयको काममा समेत अवरोध गरेपछी आफुहरु आन्दोलनमा उत्रिएको स्थानिय उमेश साहले जनाए ।
मन्त्रालयबाट सरुवा भइ आएका अधिकृत पाललाई काम गर्न दिनुपर्ने माग राखेर गाउँपालिकामा नाराबाजीसहित आफुहरुले प्रदर्शन गरेको साहले बताए ।
थारु बाहुल्य पालिका रहेको बारागढीमा ३ वर्षदेखी एउटै अधिकृत राखेर अध्यक्ष बछारले आफ्नो भ्रष्टाचारको ढाकछोप गर्न खोजेको आरोप समेत प्रदर्शनकारीहरुले लगाएका छन् ।
जसपाबाट जितेका बारागढी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुरेशप्रसाद चौधरी (कलवार) ले गाँउपालिकामा नातावाद र जातिवाद हाबी भएको बताउदै कानुनसम्वत सरुवा भई आएका अधिकृतलाई काम गर्न नदिनु अध्यक्ष बछारको दादागिरी भएको बताए ।
थारु बाहुल भएको पालिकामा अन्य जातिको प्रमुख प्रशासकीय अधिकृत आएपछि गाउँपालिका अध्यक्ष बछारले हाजिर नगराउनु कानुन विपरित भएको स्थानियवासिको आरोप छ ।
यसअघी बछार पक्षधरले पुर्व प्रशासकिय अधिकृत आमोद चौधरीलाई नै कायम राख्न प्रदर्शन गरेका थिए ।
नेपाली काँग्रेसबाट निर्वाचित भएका अध्यक्ष बछारले विगत ३ वर्षदेखी चौधरीलाई अधिकृतको रुपमा खटाएका छन् ।
जसपाबाट निर्वाचित उपाध्यक्ष राय समर्थितहरुले केन्द्रमा आफ्नै पार्टीले नेतृत्व गरेको संघीय मामिला तथा स्थानिय प्रशासन मन्त्रालयबाट पाललाई पालिकामा सरुवा गराएर ल्याएका हुन् ।
बारागढी गाउँपालिका संघीय सरकारका बन तथा बातावरण मन्त्री एवम जसपाका महासचिव रामसहाय प्रसाद यादवले जितेको बारा क्षेत्र नं.२ अन्तर्गत पर्दछ ।