नेप्से परिसूचक एक सय अंकले घटेको छ । साताको दोस्रो दिन नेप्से सोमबार १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेको छ ।
नेप्से ओरालो लागे पनि कारोबार रकममा भने वृद्धि भएको छ । आज ८ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ८५ करोड रुपैयाँले घटी हो ।
सोमबार अपी पावरको सबैभन्दा बढी ३८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
सोमबार बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । सबैभन्दा बढी कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.८२ प्रतिशतले घटेको छ ।
बजारमा जम्मा ८ वटा स्क्रिप्सको मूल्य बढेको छ । जसमध्ये वीन लघुवित्त वित्तीय संस्था र बुद्धभूमी नेपाल हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागको छ । यससँगै वीन लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १००५.५० रुपैयाँ र बुद्धभूमी नेपालको प्रतिकित्ता ३८२.९० रुपैयाँ पुगेको छ ।
सोमबार बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।