नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले विभिन्न मागहरु राख्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाएको छ ।
युवा संघ बाराले आज मधेश प्रदेशको कलैयामा प्रदर्शन गर्दै प्रधानमन्त्री देउवाको पुतला दहन गरेको हो ।
सत्तारुढ गठबन्धनले स्थानिय निकायको निर्वाचन बैशाखमा नगरी सत्ता लम्ब्याउन उद्दत रहेको भन्दै समयमै कानुनमा चुनाव गर्न माग गरेको हो ।
युवा संघ बाराका अध्यक्ष पुरुषोत्तम साहको नेतृत्वमा रहेका युवाहरुले गौर नरसंहार दोह्याउने र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको हत्या गर्ने धम्की दिएकी भौतिक पुर्वाधार मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग समेत गरेका हुन् ।
मन्त्री पदमा रहेको व्यक्तिले खुलेआम हत्याहिंशा मचाउने अधिव्यक्ती दिएको ५ दिन भईसक्दा समेत प्रधानमन्त्री देउवाले बर्खास्त नगरेको भन्दै बिरोध स्वरुप उनको पुतला दहन गरिएको अध्यक्ष साहले बताए ।
समयमै स्थानिय निकाय को निर्वाचन नगरिए र मन्त्री यादवलाई बर्खास्त नगरी आफुहरु चरणबद्ध आन्दोलनमा उत्रने समेत साहले बताए ।