सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्नका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त प्रस्तावमा सैद्धान्तिक सहमति प्रदान गरेको हो ।चिकित्सा शिक्षा सुधारको आन्दोलनमा लागेको डा।गोविन्द केसीको माग बमोजिम सरकारले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न लागेको हो ।
डा.केसी सबै प्रदेशमा मेडिकल कलेज स्थापनालगायतका माग राखेर लामो समयदेखि आन्दोलनरत छन् ।