संघीय सरकारकी भौतिक पुर्वाधार मन्त्री तथा जसपा नेतृ रेणु यादवले जनमत पार्टीका अध्यक्षको हत्या गरिदिने र गौर नरसंहार पुनः गराईदिने धम्की को घटना सेलाउन नपाउँदै फेरी जसपाकै अर्कि नेतृले जनमत पार्टका अध्यक्ष डा.सिके राउतको खुट्टा काटिदिने धम्की दिएकी छिन् ।
‘हेट स्पिच’ दिएकी मन्त्री यादवलाई बर्खास्त गर्न चौतर्फि दवाव बढेपछी त्यसको आत्मरक्षा गर्न जसपाका महिले कार्यकर्ताहरुले सोमवार विरगञ्जमा गरेको प्रदर्शनलाई संबोधन गर्दै नेतृ रेखा साहले डा. राउतको खुट्टा काटिदिने धम्की दिएकी हुन् ।
समाजवादी महिला संघले विरगञ्जको घण्टाघरमा आयोजना गरेको बिरोध कार्यक्रममा बोल्दै नेतृ साहले माघ ५ गते गौरमा बलिदानी दिवसको कार्यक्रममा सहभागि हुन गएकी मन्त्री यादवलाई जनमतका कार्यकर्ताहरुले घेरा हानेको भन्दै हिम्मत भए विरगञ्जमा आएर घेरा हाल्न आह्वान समेत गरिन ।
‘मधेश आन्दोलनको जन्मदाता हामि हौं’ नेतृ साहले भनिन– ‘हाम्रो बिरोध गर्ने सिके राउतको खुट्टा काटिदिन्छौं ।’
आफ्नो नेताको बिरोध गर्नेको ‘कपाल’ उखेलिदिने भन्दै जनमतका कार्यकर्तामा दम भए जसपाका ५ महिलासंग लडेर देखाउन ‘च्यालेन्ज’ समेत गरिन ।