सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकाश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
ओमिक्रोन संक्रमण पुष्टि हुनेमा कञ्चनपुरका दुई जना, बझाङ र डोटीका एक÷एक जना रहेका छन् । उनीहरू सबै भारतबाट स्वदेश फर्किएका हुन् ।