विवाहमा जन्ती लिन जान बेहुलाले चढ्ने रथ अनियन्त्रीत भई पल्टिदा २ जनाको घटनास्थलमै मृत्युु भएको छ भने १४ जना घाईते भएका छन् । घाईते मध्ये ६ जनाको अवस्था गम्भिर छ ।
बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिकामा भएको कहालिलाग्दो उक्त घटनाले गाउँ नै शोकमा डुबेको छ ।
सोमवार आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतराका लक्षुराम महरा चमारका छोरा सियाराम महराको बिहेका लागि ल्याइएको मोटर रथ, बेलुकी साढे ७ बजेतिर बेहुलालाई चढाएर गाउँकै ब्रम्हस्थानमा पुजा गरी फर्किने क्रममा उक्त घटना घटेको हो ।
पुजा गरी फर्किने क्रममा रथको स्टेयरींग फेल भई अनियन्त्रीत भएर रुखमा ठोकिदा अगाडी हिडिरहेका महिला तथा बालबालिका घटनामा परेका हुन् ।
चालकको लापरवाहीका कारण नियन्त्रण बिग्रिदा रथ अचानक तीव्र गतिमा हुइकिएको प्रत्यक्षदर्शिले बताएक छन् । तिब्र गतिमा रहेको रथले अगाडि हिंडिरहेकाहरुलाई किच्दै रुखमा ठोक्किर पल्टिएको हो ।
रथ पल्टिदा आदर्शकोतवाल गाउँपालिका ३ बतराका बनारसी रामकी १५ वर्षीया छोरी निलमकुमारी राम र आफन्तको बिहेमा सहभागि हुन आएकी सिम्रौनगढ नगरपालिका ७ जानकीनगरका दिपेन्द्र रामकी पत्नी २५ वर्षीया बालकुमारी रामको घटनास्थलमै मृत्यु भएको हो ।
रथले किचेर घाइते भएका १४ जनामध्ये ३७ वर्षीया मिना देवी राम, १७ वर्षीया श्रीपति कुमारी, ५० वर्षीया सयल देवी, ८ वर्षीया सुभाष राम, ३४ वर्षीया नयनपति देवी, २२ वर्षीया सुनिलप्रसाद यादव र १८ वर्षीया नरेन्द्र रामको उपचार सदरमुकाम कलैया स्थित राज्यलक्ष्मी रिलिफ हस्पीटलमा भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेश थापाले जनाए ।
सिककिस्त घाईते रहेका २४ वर्षीय अरबिन्द्र राम, १८ वर्षीय सिया राम, १० वर्षीय अजित राम, २० वर्षीय सरोज राम, १२ वर्षीय जितेन्द्र राम र १३ वर्षीय सागर रामको उपचार विरगञ्ज स्थित न्युरो अस्पतालमा उपचार भईरहेको डिएसपी थापाले बताए ।
रथ चलाईरहेका चालकको सिटमा अर्कै मानिस बसेर चलाउन थलेपछी घटना भएको र चालक फरार रहेका छन् । फरार चालक खोजी भइरहेको बाराका प्रहरीले जनाएको छ ।
घटनापछी विवाह स्थगित भएको छ ।
घटनापछी आज जिल्ला स्थित प्रशासन तथा प्रहरी अधिकृतहरुको टोलिले घटनास्थलको अनुगमन गरेको ।
प्रशासनको टोलिसंग गएका सिम्रौनगढ नगरपालिकाका मेयर विजयशंकर यादवले मृतकका परिवारलाई २५ हजार रुपया किरिया खर्च दिने तथा घाईतेहरुकामे उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।