नेकपा एमाले नेता गोकुल बाँस्कोटाले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई नेपाली क्विसलिङ रहेको आरोप लगाएका छन् ।
बाँस्कोटाले मंगलबार सामाजिक सञ्जालमार्फत जसपा संघीय परिषद् अध्यक्ष समते रहेको भट्टराईलाई नेपाली क्विसलिङ रहेको आरोप लगाएका हुन् ।
राजनीतिक शुन्यता सृजना गरेर शक्ति हत्याउने दाउमा हात धोएर लागेको भन्दै बाँस्कोटाले भट्टराईलाई नेपाली क्विसलिङ रहेको बताएका छन् ।
तीनै तहको निर्वाचन मंसिरमा गर्ने गरी संसदबाट प्रस्ताव पास गरेर अहिलेका जनप्रतिनिधिलाई कामचलाउ बनाउन सकिने धारणा राखेपछि बाँस्कोटाले क्विसलिङसँग बाबुरामको तुलना गरेका हुन् ।
स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्रतर्फ लक्षित गर्दै बाँस्कोटाले भट्टराईलाई राजनीतिक शुन्यता सृजना गरेर शक्ति हत्याउने दाउमा हात धोएर लागेको उल्लेख गरेका छन् ।
एमालेले स्थानीय तहको निर्वाचन बैशाखमा गर्नुपर्ने बताउँदै आएको छ । तर, सत्ता गठबन्धन बैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने मुडमा छ ।
भिड्कुन क्विसलिङले हिटलरसंग मिरेर आफ्नै देशमाथि आक्रमण गर्न लगाएर नर्बेको प्रधानमन्त्री बनेका थिए । दोस्रो विश्वयुद्धपछि क्विस्लिङलाई देशद्रोही घोषित गरी मारिएको थियो ।