मलखाद्दको माग गर्दै विगत एक महिनादेखी किसान आनदोलन गर्दै आएको जनमत पार्टीले आज फेरी प्रदर्शन गरेको छ ।
राष्ट्रियसभाको निर्वाचन भईरहेको मधेश प्रदेशको राजधानी जनकपुरमा ‘मल देऊ, मत लेउ भन्दै’ प्रदर्शन गर्दा प्रहरीसंग झडप समेत भएको छ ।
जनकपुरस्थित जिलला प्रहरी कार्यालयअगाडि महेन्द्रनारायण निधि प्रतिष्ठानस्थित मतदानस्थल जान खोज्दा प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि झडप भएको हो ।
झडपमा जनमतका केही कार्यकर्ता र प्रहरी घाइते भएका छन् । अहिले जनकपुरको अवस्था तनावग्रस्त छ । राष्ट्रियसभा निर्वाचनमा अवरोध संभावित अवरोधलाई ध्यान दिँदै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रदर्शनकारीहरुलाई तितर बितर पार्न प्रहरीले दर्जनौ राउण्ड अश्रुग्यास प्रहार गरेको छ भने जनमतका कार्यकर्ता लठ्ठी सहित सडकमा प्रदर्शन गरिरहेका छन् ।
यता राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्न जाँदै गरेका सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडीमा जनमतका कार्यकर्ताले तोडफोड गरेका छन् ।
तोडफोड गर्ने क्रममा मेयर गणेश प्रसाईको कानमा चोट लागेको छ । गाडीमा मेयर प्रसाईसंगै उपमेयर रेणुका पौडेल र संबिधामसभा सदस्य कमला महतो सवार थिए ।
जनमतको कार्यकर्ताले जनकपुरको विभिन्न स्थानहरुमा प्रदर्शन गरिरहँदा त्यहाँको जनजिवन प्रभावित भएको छ भने ठाउँठाउँमा झडपको स्थिति सृजना भएको छ ।