राष्ट्रियसभाको निर्वाचनमा सहभागी हुन आउने जनता समाजवादी पार्टी (जसपा) का प्रदेश सांसद अशोक यादवको गाडी तोडफोड भएको छ ।
मल देउ, भोट खसाल भनी प्रदर्शन गरिरहेका जनमत पार्टीका कार्यकर्ताहरुले सांसद यादवको गाडीमा तोडफोड गरेका हुन् ।
तोडफोडबाट जसपा सांसद यादव समान्य घाईते भएका छन् । मतदानस्थलतर्फ जाँदै गर्दा यादव सवार गाडी जनमतका कार्यकर्ताले जानकी मन्दिर अगाडि तोडफोड गरेका हुन् ।
मधेश प्रदेशको प्रदेशसभामा अर्थ समितिका सभापति समेत रहेका यादवलाई जनमतका कार्यकर्ताहरुले निशाना बनाएका हुन् ।
जसपा नेतृ एवम भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवले गौरमा सीके राउत हत्या गनेैदेखी नरसंहार मच्चाउने वक्तव्य दिएपछी जनमतका कार्यकर्ता उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी माथि एकपछि अर्को निशाना बनाउँदै आएको छ ।