जनकपुरमा जनमत पार्टीको प्रदर्शनमा कुटिएका जनता समाजवादी पार्टी (जसपा) सर्लाहीका प्रदेश सांसद आशोक यादवले आन्दोलनको नाममा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले ड्रगिस्टहरु परिचालन गरेको आरोप लगाएका छन् ।
राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्न जनकपुर पुगेका सांसद यादव सवार गाडिमा जनमतका कार्यकर्ताले एक्कासी प्रहार गरेपछी उनको हाँथका चोट लागेको हो ।
जानकी मन्दी अगाडी पुगेका सांसद यादवको स्कार्पियो गाडिमा जनमतका १५–२० जनाको संख्यामा रहेका कार्यकर्ताले आक्रमण गर्दा आफ्नो बायाँ हाँथ भाचिएको सांसद यादवले बताए ।
सञ्चारकर्मिहरुसंग कुरा गर्दै सांसद यादवले आन्दोलनको नाममा डा.राउतले अराजकता फैलाउन खोजेको आरोप समेत लगाए ।
‘जयानै मार्ने उद्देश्यले म माथी आक्रमण भयो’, सांसद यादवले भने– यस्तो अराजकतामाथी कारवाही हुनुपर्छ ।’
आफु सवार गाडी पुर्ण रुपले क्षति भएको भन्दै सांसद यादवले आफ्नो कार्यकर्ताले समेत डा.राउतलाई यस्तै गर्नसक्ने चेतावनी समेत दिएका छन् ।