मधेश प्रदेशको राजधानी जनकपुरमा जारी राष्ट्रियसभा निर्वाचनका लागी मतदान प्रकृया जारी छ ।
आज बिहानै देखी जनमत पार्टीका कार्यकर्ताहरुले गरेको प्रदर्शनका बावजुद हालसम्म ९० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशको कसल ३ सय ७२ मत मध्ये २ बजेसम्म ३ सय ३५ मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानाएका छन् ।
निर्वाचन प्रकृया जारी रहेको र मतदाताहरुले मतदाज जारी राखेको प्याखुरेलले जनाए ।
राष्ट्रियसभाको मधेश प्रदशेबाट २ सिटका लागि मतदान भईरहेको हो । मतदान कार्य ५ बजे अवागै सम्मपन्न हुने र आजै नतिजा पनि आउने प्याकुरेलले जनाए ।