राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनले शानदार जित हासिल गरेको छ ।
निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका थिए ।
अन्तिम परिणामअनुसार चुनाव भएका १९ मध्ये १८ सिटमा गठवन्धनमा आवद्ध दलका उम्मेदवार विजयी भएका छन् । पाँच दलीय गठबन्धनले प्रदेश १ को एक सिट बाहेक अन्य सबै सिटमा शानदार जित हासिल गरेको हो ।
प्रदेश १ मा एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएपछि ‘क्लिनस्वीप’ बाट गठवन्धन चुकेको छ ।
प्रदेश १
कांग्रेसः गोपाल बस्नेत (गोला प्रथाबाट)
नेकपा एमालेः सोनम ग्याल्जेन शेर्पा
एकीकृत समाजवादीः जयन्ती राई
मधेश प्रदेश
माओवादी केन्द्रः उर्मिला अर्याल
जनता समाजावदीः महमद खालिद (मधेश)
बागमती प्रदेश
नेकपा एकीकृत समाजवादीः गोमादेवी तिमल्सिना
नेपाली कांग्रेसः कृष्णप्रसाद पौडेल
गण्डकी प्रदेश
माओवादी केन्द्रः सुरेशकुमार आलेमगर
नेपाली कांग्रेसः कमला पन्त
माओवादी केन्द्रः भुवनबहादुर सुनार
लुम्बिनी प्रदेश
नेपाली कांग्रेसः युवराज शर्मा
नेकपा (एकीकृत समाजवादी): राजेन्द्रलक्ष्मी गैरे
जनमोर्चाः तुलप्रसाद विश्वकर्मा ।
कर्णाली प्रदेश
नेपाली कांग्रेसः दुर्गा गुरुङ (सुर्खेत)
माओवादी केन्द्रः नरबहादुर विष्ट (सुर्खेत)
एकीकृत समाजवादीः उदय बोहरा (सल्यान)
सुदूरपश्चिम प्रदेश
नेपाली काँग्रेसः नारायणदत्त मिश्र
माओवादी केन्द्रः जगत पार्की
एकीकृत समाजवादी पार्टीः मदनकुमारी शाह ‘गरिमा’