पछिल्लो दिनहरुमा मधेश प्रदेशमा डा.सिके राउत नेतृत्वको जनमत पार्टीले आक्रामक रुपमा आफ्नो राजनितिक क्रियाकलापहरु जारी राखेको छ ।
विभिन्न स्थानिय निकाय तथा सरकारी कार्यालयहरुमा हुनेगरेको भ्रष्टाचार बिरुद्ध जनकारवाही देखि किसानहरुलाई मलखाद्द उपलब्ध गाराउन गरिएको किसान आन्दोलन त्यसका उदहारण हुन् ।
जनताको आवश्यक्तालाई मुद्दा बनाएर आफ्नो राजनितिक अभिष्ट पुरा गर्ने क्रियाकलाप नेपाली राजनितिको पुरानै तरिका हो ।
तर, स्वराज र जनउपयोगी नितिलाई सिद्धान्त मानेर राजनितिमा होमिएको जनमत पार्टी कुन हदसम्म सफल होला त्यो आगामि निर्वाचनका परिणामले नै देखाउँलान ।
जनमत पार्टीले खासगरीस मधेश प्रदेशमा क्षेत्रीय राजनिति गरी सत्ताको शिखरमा पुगेको जनता समाजवादी पार्टीलाई ठुलो टककर दिएको छ ।
पछिल्ला राजनितिक गतिबिधि र हिंसात्मत क्रियाकलापले पनी जनमतको मुल सत्रु जसपा नै रहेको देखिन्छ ।
मधेश प्रदेशमा उपेन्द्र यादवले नेतृत्व गरेको जसपाको जनाधार खस्किदो छ । अध्यक्ष यादवको एकल स्वजातिय राजनिति र तानाशाही प्रवृतीका कारण उनिबाट विक्षिप्त भएकाहरु दिनहुँ पार्टीं छोड्दै छन् ।
हुनत एक सिक्काका दुई पाटा झै रहेका महन्थ ठाकुर–राजेन्द्र महतोहरुको लोकतान्त्रीक समाजवादी पार्टीको अवस्था पनी खासै राम्रो देखिएको छैन् ।
अधिकारको मुद्दा उठाएर सत्ताको ईर्दगिर्द रमाउने जसपा–लोसपाको पुरानै रवैयाका कारण उनिहरुप्रतिको विश्वसनियता माथी ठुलो संका उत्पन्न भएकै छ ।
यस्तो अवस्थामा परम्परागत राजनितिक दल (काँग्रेस–कम्युनिष्ट) ईत्तर भविष्य खोज्ने मधेशको जनताका लागी जनमत पार्टी विकल्प हुनसक्छ ।
मधेशी जनताको परिवर्तनसिल ‘मुड’लाई भापेको जनमत पार्टीले पनी सोही अनुसार आफ्नो संगठन विस्तार तथा सदस्यता अभियानलाई तिब्र पारेको छ ।
जनमत पार्टीले तराई–मधेशको २२ वटै जिल्लाहरुमा संगठन विस्तार गरिसकेको छ । पार्टीका महासचिव चन्दन सिंहका अनुसार ‘बुथ–बुथ मजबुत अभियान’ अन्तर्गत खासगरी मधेश प्रदेशको ८ वटै जिल्लाहरुको बुथ स्तरसम्म संगठनलाई बिस्तार गरिदै छ ।
मधेशको १ नम्बर पार्टी बन्ने लक्ष्यका साँथ पार्टीले निर्वाचनअघी ६ लाख सदस्यता बितरण गर्ने ‘टार्गेट’ राखेको महासचिव सिंहले जनाए ।
सदस्याता वितरण अभियान अन्तर्गत हालसम्म ५ लाख सदस्यता बितरण गरिएको र त्यसमध्ये ४ लाखभन्दा बढी सदस्या मधेश प्रदेशमै वितरण गरिएको सिंहले जनाए ।
२०७४ सालको आम निर्वाचनमा मधेश केन्द्रत दलको रुपमा स्थापित भएको जसपा र लोलपाले करिब ९ लाख ४२ हजार मत ल्याएका थिए ।
प्रतिनिधिसभामा १७ प्रत्यक्ष सिट जितेको लोसपाले १६ सिट जितेको जसपाको बराबर नै मत ल्याएको थियो ।
वर्तमान राजनितिक उथलपुथलको अवस्थामा दुवै दलले कार्यकर्ता गुमाएको यथार्तलाई मान्ने हो भने तिनका मतलाई जनमत पार्टीले आफ्नो तिर तान्न सक्ने छ ।
खासगरी मधेशका शिक्षित युवाहरुमा लोकपृय रहेका जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले पछिल्लो दिनहरुमा गाउँगाउँमा पुगेर आफ्नो खुट्टा फैलाउदै छन् ।
जनमत जुटाउनैका लागि डा.राउतले पुर्वदेखी पश्चिम सम्मको मधेशका हरेक पालिकामा पुगेर माटो संकलन समेत गरेका छन् ।
एक महिना अघिदेखी जारी किसान आन्दोल तथा डा. राउतले गर्ने सभाहरुमा देखिने जनताको उपस्थितिले समेत उनको लोकपृता बढेको संकेत गर्छ ।
यसरी मधेशकै पार्टीको रुपमा स्थापित भएका खासगरी जसपा, सत्तामा गएपछी एक निश्चित जातको प्रवद्र्धनका लागि अग्रसर भएपछी उक्त पार्टीको कार्यकर्तामा मात्रै नभई आम मधेशी जनतामा समेत निराशा बढेकोले आगामी निर्वाचनमा जनाधार ‘सिफ्ट’ हुने निश्चित छ ।
अझै माघ ५ गते जसपा नेतृ तथा संघीय सरकारकी मन्त्री रेणु यादवले डा.राउतको हत्या गर्नेदेखी गौर नरसंहार गराईदिनेसम्मको धम्कीका कारण जसपाको उभो लागेको र जनमतको जनाधार बढेको कुरा नकार्न सकिदैन् ।