पर्सा प्रहरीले घरमै लागु औषधी (गाँजा) को अड्डा चलाईराखेका दुईजनालाई ७४ किलो गाँजा सहित पक्राउ गरेको छ ।
घरमै गाँजा बिक्रि वितरण गरिरहेको भनी विशेष सुचनाको आधारमा विहिवार बिरगञ्जबाट खटिगएको प्रहरीको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
प्रहरी प्रशासनको डर नमानी आफ्नो घरमै दिनदहाडै गाँजा बिक्रि बितरण गरिरहेका बहुदरामाई नगरपालीका वडा नं.९ विश्रामपुरका गणेश साह र उनका छोरा संतोष साह पक्राउ परेका हुन् ।
पर्सा प्रहरीका डिएसपी ओमप्रकाश खनालका अनुसार साहद्वयले घरबाटै गाँजा बिक्री वितरण गर्नेगरेको सुचना आएपछी उनिहरुलाई पक्राउ गरीएको हो ।
प्रहरीको खानतलासिको क्रममा विक्रि वितरण नर्ग राखिएको ७४ किलो गाँजा समेत बरामद भएको छ ।
घरको पूर्वपट्टीको कोठाको खाटमुनी सुनियोजित तरिकाले लुकाइ छिपाई राखिएको उक्त मात्राको गाँजा बरामद गरीएको डिएसपी खनालले बताएका छन् ।
पक्राउ परेका बाबुछोरालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको खनालले जनाए ।