सत्तारुढ पाँच दलिय गठबन्धनले रिक्त रहेको प्रतिनिधि तथा प्रदेशसभामा उपनिर्वाचन नगराएर संबिधानको अवहेना गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले आरोप लगाएका छन् ।
संविधानमा उल्लेखित भएअनुसार उपनिर्वाचन गराउँन नसक्नु सरकार र पाँच दलीय गठबन्धनको असक्षमता रहेको समेत नेता साहले बताएका छन् ।
नेता साहले संविधान अनुसार प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त रहेको ठाउँमा ६ महिनाभित्र उपनिर्वाचन गराउँनुपर्ने हो, तर सरकार र निर्वाचन आयोगमा रहेकाहरु संविधान अनुसार उपनिर्वाचन नगराएको संबिधानकै अवहेलना गरिरहेको बताए ।
‘प्रचण्डले जुन संविधानको हावाला दिदै सांसदलाई कारवाही गरे सोही संविधानको उनको गठबन्धनले अवहेलना गर्दै छ’ नेता सहले भने– ‘६ मिहना भित्रमा उपनिर्वाचन गराउने प्रष्ट कानुन हुँदाहुँदै किन डराएको ?’
साहले उपनिर्वाचन गराए आफुहरु हार्ने डरका कारण गठबन्धनले आलटाल गरेको र जनप्रतिनिधि बिहिन बनाएको बताए ।
पार्टीको कार्यक्रमहरुमा सहभागि हुन धनुषा पुगेका नेता साहले आफुहरुलाई कारवाही गरी पद रिक्त पारेर रिक्त स्थानका नागरिकहरुलाई प्रतिनिधि बिहिन बनाउनु जनतासंग द्दोखा भएको समेत बताए ।
उनले सरकार, निर्वाचन आयोगदेखी अदालतसम्म अपराधिहरुको अड्डा बनेको आरोप समेत लगाए । अदालतले सरकारकै सेटिंग आफुहरुसंग अन्याय गरेको उनले बताए ।