नेपाली कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ ।
आज भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका हुन् ।
केन्द्रीय समितिको आकार ठूलो भएको र कोरोना महामारीका कारण बैठक बस्न सम्भव नभएपछि देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् ।
बैठकमा महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको नाम पढेर सुनाएका थिए । सभापति देउवाले छुटेकालाई पछि अटाउने आश्वासन दिएका छन् ।
कांग्रेस विधानअनुसार ४५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्न सकिने व्यवस्था छ । कार्यसम्पादन समितिले केन्द्रीय समिति बैठक बस्न नसक्ने अवस्थामा विभिन्न विषयमा छलफल गरी निर्णय लिन सक्नेछ ।
केन्द्रीय कार्यसम्पादन समितिः
सभापति– शेरबहादुर देउवा
वरिष्ठ नेता– रामचन्द्र पौडेल
उपसभापति— पूर्णबहादुर खड्का र धनराज गुरुङ
महामन्त्री– गगन थापा र विश्वप्रकाश शर्मा –
सहमहामन्त्री– फरमुल्लाह मन्सुर, भीष्मराज आङदाम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्री पाण्डे, जीवन परियार ।
अन्यः
गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला, चित्रलेखा यादव, डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा.प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा.शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा.नारायण खड्का, जीपछिरिङ लामा, एनपी साउद र जीवनबहादुर शाही ।