पछिल्लो २४ घण्टामा ६ हजार ८२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१३ हजार ७९१ जनाको पीसीआर गर्दा चार हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा दुई हजार २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि २० हजार नमुना परीक्षण गर्दा १० हजार बढीमा संक्रमण देखिने गरेको थियो ।
२४ घण्टामा पाँच हजार ४३२ जना डिस्चार्ज हुँदा १० जनाको मृत्यु भएको छ ।
अहिले देशभर ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेका छन् ।
आज काठमाडौंमा २ हजार १५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ संक्रमित थपिएका छन् ।
अन्य कुन जिल्लामा कति थपिए ?