चक्र बमको प्रस्तुति रहेको ‘गोरी मोटी’ बोलको भोजपुरी गीत सार्वजनिक भएको छ।
नेपाली गीत सङ्गीतमा फरक शैलीको गीत बनाएर छुट्टै पहिचान बनाउन सफल गायक चक्र बमको शब्द सङ्गीत र पुनिता प्रिया र चक्र बमको स्वर रहेको यस गीतमा केशव बडूको एरेन्ज र अजय कुमारको भोजपुरी शब्द अनुवाद रहेको यस गीतमा उमेश मुस्कान,कमल मगर र गोविन्दले सामूहिक स्वर दिएका छन्।
सार्वजनिक गीतको भिडियोमा चक्र बम र मुस्कान चौधरीको मुख्य अभिनय रहेको छ भने उमेश मुस्कान र मनिष खड्काको समेत अभिनय देख्न सकिन्छ।
गीतको भिडियोमा नवराज उप्रेतीको छायाङ्कन, मौसम हिमालीको रेडियोग्राफी र निर्देशन रहेको यस गीतलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।सार्वजनिक गीतको भिडियोलाई चक्र बमको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।