सार्वजनिक मञ्चबाट घोर अमानविय घटनाको रुपमा प्रतिविम्बति गौर नरसंहार आफुले गराएको स्विकार गर्ने भौतिक पुर्वाधार मन्त्री रेणु यादवलाई पदमुक्त गर्न नागरिक समाजका अगुवाहरुले पाँच दलिय गठबन्धनसंग माग गरेका छन् ।
१५ वर्षअघि भएको गौर हत्याकाण्ड दोर्होयाउने र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी मन्त्री यादवलाई छुट दिन नहुने भन्दै उनिहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को माध्यमबाट पाँचवटै दलका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका हुन् ।
यसअघी उनिहरुले मन्त्री यादवलाई पदमुक्त गरी कारवाहीको दायरामा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिसकेका छन् । आग्रपछी समेत मन्त्री यादवलाई पदमुक्त नगरिएकोले पुनः ध्यानाकर्षण गराईएको मधेशी नागरिक समाजका संयोजक गणेश कुमार मण्डलले जनाए ।
२०६३ चैतमा तत्कालीन मधेशी जनअधिकार फोरमको अग्रसरतामा २८ जना माओवादी समर्थकको अनाहकमा ज्यान जाने गरी बर्बर र निर्मम आक्रमण भएको थियो । हत्याका अभियुक्तलाई न्यायको कठघरामा उभ्याउन नसकिएको अवस्थामा मन्त्री यादवको अभिव्यक्तिले उक्त हत्याकाण्डमा निजको दलको समेत संलग्नता भएको स्वीकारोक्ति सार्वजनिक गरेको देखिन्छ ।
मुलुकमा कानुनी राज्यको पालना गराउन र नागरिकलाई हत्याहिंशाबाट मुक्त गर्न राज्यको मुख्य जिम्मेवारी भएकोले त्यष्सको लागी प्रधानमन्त्री स्वयम अग्रसर हुनुपर्ने नागरिक समाज माग रहेको छ ।
विज्ञप्तीमा भनिएको छ । ‘मुलुकमा कानूनको शासन कायम छ भन्ने अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व हो र यसको अग्रसरता प्रधानमन्त्री शेरबहादुर देउवाले आफैं लिनु अति आवश्यक छ’, ‘अतः हामी प्रधानमन्त्री देउवा समक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं ।’
मन्त्री यादवले माघ ५ गते रौतहटको गौरमा आयोजित बलिदानी दिवसमा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको नामै लिएर गौर हत्याकाण्डमा जस्तै घेरा हालेर ज्यान लिने धम्की दिएकी थिइन्न् । मन्त्री पदको गरिमालाई विपरिते, आपराधिक मनोवृत्ति प्रष्ट पार्ने, पुरानो अपराध समेत सार्वजनिक रूपमा स्वीकार गर्ने यादव जनउत्तरदायी कुनै पनि पदमा बस्न अयोग्य रहेको नागरिक अगुवाहरूको ठहर छ ।
अपील जारी गर्नेहरूमा डा. केदारनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षित छन्न्
रेणु यादव पदमुक्त गर्न माग नागरिक अगुवा