आइतबार सेयर बजार परिसूचक नेप्से १०५.५५ अंकले बढेको छ । योसँगै बजारको परिसूचक नेप्से २८८५ अंकमा पुगेको छ ।
आइतबार कारोबार रकममा सुधार भयो । यस क्रममा आज ६ अर्ब ३२ करोड रुपैया बराबरको १ करोड २१ लाख ५५ हजार कित्ता सेयर किनबेच भए ।
आज कुल १९० कम्पनीको मूल्य बढ्यो भने ५ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । विन नेपाल लघुवित्त, लिबर्टी इनर्जी, शिवश्री हाइड्रो, निफ्रा र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ ।
आज कारोबारमा आएकामध्ये मैलुंग खोलाको शेयर मूल्य मात्र घटेको छ ।
आइतबार सबै उपसमूह बढेका छन् ।
शनिबार बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले ०७९ जेठभित्र स्थानीयत तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । निर्वाचन हुने निश्चित भएपछि सेयर लगानीकर्तामा उत्साह बढेसँगै शेयर बजार बढेको हो ।